बैतडीमा सुरक्षित गर्भपतन गराउने बढे

बैतडी- जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ। गएको तीन वर्षमा यहाँ एक हजार सात सय २९ जनाले सुरक्षित गर्भपतन गराएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।

आर्थिक वर्ष २०७७/७८ मा बैतडीमा ५६५ जनाले सुरक्षित गर्भपतन गराएका थिए भने आर्थिक वर्ष ७८/७९ मा ५५० जनाले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ। यस्तै गत आर्थिक वर्ष २०७९/८० मा यो संख्या बढेर सुरक्षित गर्भपतन गराउनेको संख्या ६१४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ।

Navadurga sun

अनिच्छित गर्भ बसेपछि पतन गराउनेको संख्या बढ्दै गएको हो। जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा उपलब्ध भएपछि सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको बताइएको छ। यद्यपि अनिच्छित गर्भधारण रोक्न नसक्दा गर्भपतन गराउनेको संख्या बढ्दै गएको हो।

स्वास्थ्य संस्थाहरुमा सुरक्षित रुपमा गर्भपतन गराउनेहरुको तथ्यांक भए पनि अवैध रुपमा गर्भपतन गराउनेको संख्या पनि धेरै हुन सक्ने अनुमान गरिएको छ।आफूखुसी औषधिको सेवन गरेर गर्भपतन गराउने परिपाटी रहेकाले यसको स्वास्थ्यमा जोखिम बढाउँदै लैजाने स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए ।

उनले भने, ‘सुरक्षित गर्भपतन सेवा भए पनि आफूखुसी औषधि सेवन गर्नाले जोखिम बढाएको छ। यसको रोकथाम तथा नियन्त्रणका लागि बेलाबेला अनुगमन गर्ने गरिएको छ।’

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...