


बैतडी– बैतडीमा सर्पको टोकइबाट एक किशोरीको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो ।



महिनावारी भएको बेला गोठमै सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राति सर्पले टोकेको र बुधबार बिहान उनको मृत्यु भएको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बीना भट्टले बताइन् ।



गोठमा सुतेकी अनितालाई मंगलबार मध्यराति सर्पले टोकेको थियो । अनिता जवलपुर मावि सैलोडामा अध्ययनरत थिइन् ।





