कैलालीको एक विद्यालयमा तोडफोड

कैलाली- कैलालीको एक विद्यालयमा तोडफोड गरिएको छ। जिल्लाको टीकापुर नगरपालिका–३ शंकरपुरस्थित केदारेश्वर आधारभूत विद्यालयमा तोडफोड गरिएको हो।

Dadeldhura hospital

शनिबार राति उक्त विद्यालयमा अज्ञात समूहले तीन वटा कक्षाकोठाको ढोका फोडेर डेस्क बेन्च तोडफोड गरेको विद्यालयका प्रधानाध्यापक बद्री भट्टराईले बताए। विद्यालयका तीन कोठाका १० थान डेस्क–बेच्न र झ्याल–ढोकामा तोडफोड गरिएको छ।

Navadurga sun
Godawari sandesh

तोडफोडबाट करिब ३० हजार बराबरको क्षति भएको प्रधानाध्यापक भट्टराईले बताए। उनले विद्यालयजस्तो शिक्षा प्रदान गर्ने थलोमा तोडफोड हुनु निन्दनीय भएको बताउदै दोषीलाई पक्राउ गरेर कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्।

 

 

Loading...