Satyawati
Division ban Pahalmanpur

दार्चुलामा आँखा पाक्ने संक्रमण फैलिँदै

Sostya office Dadeldhura
Purbadhar dadeldhura

दार्चुला- दार्चुलाका विभिन्न ठाउँहरूमा आँखा पाक्ने संक्रमण फैलिँदै गएको छ । नेपाल नेत्रज्योति संघको दार्चुला आँखा उपचार केन्द्रमा अहिले दैनिक रूपमा बिरामीहरू यो समस्या लिएर उपचारका लागि आउन थालेको आँखा उपचार केन्द्र दार्चुलाका नेत्र सहायक करनसिंह डाँगाले बताए ।

Malpot office dadeldhura

सीमावर्ती भेगमा आँखा पाक्ने संक्रमण फैलिरहेको छ । जिल्ला सदरमुकामको खलंगा बजार भारतीय बजारसित सीमा जोडिएको हुनाले दिनहुँ सयौंको संख्यामा नेपाल–भारत आवतजावत हुने हॅुँदा संक्रमण तीव्र रूपमा फैलिँदै गएको छ । सबै उमेर समूहका मानिसहरूमा आँखामा संक्रमण रहेको चिकित्सकहरू बताउँछन् ।

केहि दिनयता जिल्लामा आँखामा लाग्ने कन्जक्टिभाइटिस नामक भाइरल रोगको संक्रमण फैलिएको डाँगाले बताए । रोगको संक्रमण फैलिएपछि आँखा उपचार केन्द्र तथा मेडिकल क्लिनिकहरूमा आँखाका बिरामीहरूको भीड बढेको छ । ‘एक सातादेखि आँखा पाक्ने बिरामी देखिन थालेका छन्,’ डाँगाले भने, ‘दैनिक ६० देखि ७० जना आँखाको समस्या लिएर आँछन् ।’

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...