एसइई खारेजीको प्रस्ताव

काठमाडौँ- विद्यालय शिक्षा विधेयकले माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने प्रस्ताव गरेको छ। मङ्गलबार मन्त्रीपरिषद् बैठकले सङ्घीय संसद्मा पठाउन स्वीकृत गरेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो।

Ganyapdhura gau
Dadeldhura hospital

विद्यालय संरचनामा आधारभूत तह (कक्षा १–८) र माध्यमिक तह (कक्षा ९–१२) को व्यवस्था छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सूत्रका अनुसार आधारभूत तहको अन्तिम परीक्षा (कक्षा ८) सञ्चालनको अधिकार स्थानीय तहलाई र माध्यमिक तहको अन्तिम परीक्षा (कक्षा १२) को सञ्चालनको अधिकार राष्ट्रिय परीक्षा बोर्डमा नै निहित हुने तर एसइई खारेज गर्ने प्रस्ताव गरिएको छ।

Navadurga sun
Godawari sandesh

कक्षा १० को परीक्षा भने सम्बन्धित विद्यालयले नै लिने गरी प्रस्ताव गरिएको छ। नेपालमा १९९० सालदेखि एसएलसी परीक्षा सुरु भएको हो र २०७३ सालबाट यसको नामकरण एसइई भएको हो।

 

Loading...