शुक्लाफाँटाको शिक्षा शाखामा तालाबन्दी

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरिएको छ । नगरका विभिन्न विद्यालयमा अध्यापन गराउँदै आएका निजी स्रोतका शिक्षकहरूले आफ्ना मागको सुनुवाइ नगरेको भन्दै तालाबन्दी गरेका हुन् ।

निजी स्रोत शिक्षक सङ्घर्ष समिति शुक्लाफाँटाले निजी स्रोत शिक्षक लाई स्वतः नगर शिक्षक घोषणा गर्ने लगायत ३ सूत्रीय माग विगत ६ दिने देखि विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

समितिका अध्यक्ष भूपेन्द्र सिंह धामीले ज्ञापन पत्र, विज्ञप्ति र धर्ना कार्यक्रम गर्दा पनि माग सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य भएको बताएका छन ।

समितिले माग पुरा नभएसम्म तालाबन्दी यथावत् रहने जनाएको छ । तालाबन्दी पछि समितिद्वारा जारी सूचनामा भनिएको छ ‘निरन्तर ६ दिनको धर्ना कार्यक्रम गर्दा पनि हाम्रा मागहरूको कुनै सुनुवाइ नभएकाले आज शुक्लाफाँटा नगर शिक्षा शाखामा तालाबन्दी गरेका छौ । हाम्रा मागहरू पुरा नहुँदा सम्म तालाबन्दी नखुल्ने र हामी निरन्तर आन्दोलनै रहेको ब्यहोरा सहित जानकारी गराउँदछौ ।’

उक्त आन्दोलनमा शुक्लाफाँटामा क्रियाशील नेपाल शिक्षक महासंघका घटक संस्थाहरू नेपाल शिक्षक संघ एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको ऐक्यबद्धता रहेको जनाइएको छ ।

No description available.

Loading...