टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता

बैतडी- बैतडीको मेलौली नगरपालिकाले टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइरहेको छ। नगरपालिकामा शाखा रहेको कुमारी बैंकसँग आवश्यक समन्वय गरी टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइरहेको हो। सोही क्रममा मंगलबार र बुधबार वडा नं ८ मा भत्ता वितरणको काम भइरहेको नगरपालिकाले जनाएको छ।

Ganyapdhura gau
Dadhaldhura pur

नगरपालिका र वडा कार्यालयबाट जनप्रतिनिधि र कर्मचारी तथा बैंकका कर्मचारीहरू यतिबेला सामाजिक सुरक्षा भत्ता टोलमै पुगेर वितरण गरिरहेका छन्। सामाजिक सुरक्षा भत्ता पाउनेमध्ये जेष्ठ नागरिकलाई थर्मस पनि वितरण गरिएको वडाध्यक्ष तपेन्द्र बिष्टले बताए।

Navadurga sun

नियमित रूपमा औषधि सेवन गरिरहने र तातोपानीको प्रयोग गरिरहने ज्येष्ठ नागरिकहरूको सहजताका लागि थर्मस पनि वितरण गरिएको उनको भनाइ छ। मेलौली नगरपालिकाका क्रमागत रुपमा सबै वडामा गएर टोलबाट नै सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...