श्रीमती र छोरीलाई आगो लगाएको आरोपमा युवक पक्राउ

डोटी, १ असार- श्रीमती र छोरीलाई आगो लगाएको आरोपमा डोटीको आदर्श गाउँपालिका-४ रोडिङका सन्तोष भाट पक्राउ परेका छन् । जेठ १२ गते राति १२ आफ्नै पसलमा सुतिरहेका बेला स्थानीय २८ वर्षकी लक्ष्मी भाट र उनकी अढाई बर्षीया छोरी अञ्जुमाथि ज्वलनशील पदार्थ छर्की आगो लगाइएको थियो ।

Dadeldhura hospital

घटनापछि फरार रहेका लक्ष्मीका श्रीमान सन्तोषलाई प्रहरीले सोमबार कैलालीको त्रिनगर भन्सार क्षेत्रबाट नियन्त्रणमा लिएको थियाे । जिल्ला प्रहरी कार्यालय डोटीले मंगलबार उनलाई जिल्ला प्रहरी कार्यालय डोटीको हिरासतमा राखेको जानकारी दिएको छ । उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट अनुमति लिइसकेको छ ।

Navadurga sun
Godawari sandesh

आगोले शरीरको आधाभन्दा बढी भाग जलेकी लक्ष्मीलाई दिपायल राजपुरस्थित सु-जङ्ग अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि जेठ १७ गते हेलिकप्टरमार्फत उद्दार गरि काठमाडौं लगिएको छ । हाल उनको काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । घटनापछि फरार रहेका सन्तोषविरुद्ध लक्ष्मीका दाई तेजेन्द्रबहादुर ठगुन्नाले जेठ १६ गते किटानी जाहेरी दिएका थिए ।

Loading...