Satyawati
Division ban Pahalmanpur

बैतडीमा भत्ता बुझेर फर्किंदै गरेका वृद्धको मृत्यु

Sostya office Dadeldhura
Purbadhar dadeldhura

बैतडी- बैतडीमा वृद्ध भत्ता बुझेर घर फर्किंदै गरेका एक वृद्धको माटोमै मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका- ६ रोडी बस्ने ७१ वर्षीय धनसिंह भण्डारी वृद्ध भत्ता बुझेर घर फर्किने क्रममा बाटोमै मृत्यु भएको हो । वडा नं ३ र ४ को सिमानामा पर्ने गोगनपानी भन्ने स्थानमा मृत फेला परेका वडा नम्बर ६ का वडा अध्यक्ष रामसिंह पुजाराले जानकारी दिए ।

Malpot office dadeldhura

पञ्चेश्वर गाउँपालिकाको-३ स्थित कुलाउँको नविल बैंकबाट वृद्ध भत्ता बुझेर सोमबार घर फर्किएका भण्डारी साँझसम्म पनि घर नपुगेपछि खोजी भएको थियो । सोही क्रममा मंगलबार बिहान मृत अवस्थामा फेला परेको वडा अध्यक्ष पुजाराले बताए ।

वडा नं ६ को रोडीदवबाट नविल बैंक रहेको स्थान कुलाउसम्म करिब ५ घण्टाको पैदल दुरीमा रहेको वडा अध्यक्ष पुजाराले बताए । भण्डारीको टाउकोमा चोट लागेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...