धनगढी- धनगढीमा वेवारिसे अवस्थामा बिरामी भेटिएका एक जनाको मृत्यु भएको छ । सोमबार धनगढी उप–महानगरपालिका –४ गोलमार्केटमा रहेको शिव मन्दिरस्थित बिरामी भेटिएका गुल्मी घर बताउने ५५ वर्षीय दासीराम पाण्डेयको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको हो । बिरामी र्भएर थलिएको अवस्थामा भेटिएका पाण्डेयलाई प्रहरीले उद्दार गरेर अस्पताल पुगाएको थियो । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।
