पर्यटनमन्त्री सुदन किराँतीलाई प्रदेश पर्यटनमन्त्रीसहितले बुझाए ज्ञापनपत्र, यस्ता छन् ९ बुँदे माग

कैलाली- सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी सहितको टोलीले संघीय पर्यटन मन्त्री सुदन किराँतीलाई ज्ञापन पत्र बुझाएका छन् । आज उद्योग पर्यटन वन तथा वातावरण मन्त्री धामी, मन्त्रालयका सचिव वेदकुमार ढकाल लगायतले मन्त्री किराँतीलाई ९ बुँदे सहजीकरण माग सहित ज्ञापन पत्र बुझाएका हुन् ।

सुदूरपश्चिम प्रदेश नेपाली सहर नै विदेशी पर्यटकहरूलाई हवाई भाडा दर कायम गर्नु पर्ने, पुरातत्त्व विभागको अध्ययन गर्नु पर्ने, पर्यटन विकासका लागि बजेट बढाउनु पर्ने, पर्यटक बोक्ने सवारीहरूको दर्ता गर्न पाउनु पर्ने माग प्रदेश सकारको तर्फबाट मन्त्री धामीले पर्यटन मन्त्री किराँतीलाई बुझाएका थिए ।

उनले बुझाएको सहजीकरण पत्रमा प्रदेश पर्यटन बोर्डको कार्यालय नियमित गर्ने, गेटा विमानस्थललाई क्षेत्रीय स्तरको बनाउनु पर्ने,सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा गेटाबाटै उडान अनुमति दिनुपर्ने, पर्यटन गाइडहरूको तालिम दिने संस्था स्थापना गर्नु पर्ने र साहसिक पर्यटन उद्योगलाई प्रदेश सरकारले अनुमति दिन पाउनु पर्ने जस्ता माग समेटिएका छन् ।

प्रदेश मन्त्रालयको टोलीसँग सहजीकरण पत्र बुझ्दै पर्यटन मन्त्री किराँतीले माग सम्बोधनका लागि आफूले पनि पहल गर्ने बताएका थिए ।आफ्नो क्षेत्राधिकार भित्र रहेर पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन सम्बन्धी काम गर्दा जटिलता देखिएको हुँदा मन्त्रालयले ९ बुँदे सहजीकरण माग सहित ज्ञापन पत्र बुझाएको हो ।

उक्त जटिलता कारण मन्त्रालयले सोचेजस्तो काम र लक्ष्य अनुसार काम गर्न सकस भइरहेको भन्दै पर्यटन मन्त्री किरातीलाई सहजीकरण गर्न आग्रह गरिएको हो।

Ganyapdhura gau
Dadhaldhura pur
Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...