बैतडीमा गर्भपतन गराउनेको संख्या बढ्यो

बैतडी –  बैतडीमा पछिल्लो समयमा गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ । अनिच्छित गर्भ बसेपछि पतन गराउनेको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ ।

जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा उपलब्ध भएपछि सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको बताइएको छ । यद्यपि अनिच्छत गर्भधारण रोक्न नसक्दा गर्भपतन गराउनेको संख्या बढ्दै गएको हो ।

स्वास्थ्य संस्थाहरुमा सुरक्षित रुपमा गर्भपतन गराउनेहरुको तथ्यांक भएपनि अवैध रुपमा गर्भपतन गराउनेको संख्या पनि धेरै हुन सक्ने अनुमान गरिएको छ । आफूखुसी औषधिको सेवन गरेर गर्भपतन गराउने परीपाटी रहेकाले यसको स्वास्थ्यमा जोखिम बढाउँदै लैजाने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

आर्थिक बर्ष २०७७/७८ मा बैतडीमा ५६५ जनाले सुरक्षित गर्भपतन गराएका थिए भने आर्थिक बर्ष ७८/७९ मा ५५० जनाले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

यस्तै गत आर्थिक बर्षमा यो संख्या बढेर सुरक्षित गर्भपतन गराउनेको संख्या ६१४ पुगेको स्वास्थ्य प्रमुख भट्टले बताए । यसमा १३ जना २० बर्षमूनिका रहेका छन् ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.