आफू नरहेपनि पार्टीमा अन्धकार नआउने : प्रधानमन्त्री ओली

काठमाण्डौं- प्रधानमन्त्री केपी ओलीले आफूमाथि कुनैपनि बेला शारीरिक हमला हुन सक्ने बताएका छन् । कार्यकर्ताहरुसँगको अन्तरक्रियाका लागि सोमबार आइपुगेका ओलीले प्रचण्ड-माधव समूहतिर संकेत गर्दै कुनैपनि क्षण शारिरीक हमला हुन सक्ने आशंका प्रकट गरेका हुन् ।

Dadeldhura hospital

प्रधानमन्त्री ओलीले भने- ‘म निरन्तर आन्दोनलमा छु, देश र जनता नै मेरो लक्ष्य हो, त्यसैले जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छु ।’ ‘अहिले विरोधीहरुले ममाथि पूरा शक्ति लगाएर प्रहार गरिरहेकाछन्, तर म डग्नेवाला छैन ।’

godawari10 Mahila hinsa
Navadurga sun

त्यसैले मेरा ज्यान तलमाथि पर्न सक्छ भन्दै उनले तर राष्ट्र निर्माणको अभियानले भने निरन्तरता पाउने बताए । आफू नरहेपनि पार्टीमा अन्धकार नआउने भन्दै प्रधानमन्त्री ओलीले कार्यकर्ताले गौरव गर्ने पार्टी रहेकाले चिन्ता नलिएको धारणा राखेका थिए ।

Loading...