डोटीमा सेती नदीमा डुबेर पाँच वर्षीय बालक बेपत्ता

दिपायल- डोटीमा सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन्। दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउद बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार बिहीबार खेल्ने क्रममा नदीमा डुबेका हुन्। उनीसँगै डुबेका चार वर्षीय मिलन साउदलाई स्थानीयले उद्धार गरेका थिए। उद्धार गरिएका उनको डडेल्धुरामा उपचार भइरहेको छ।

Navadurga sun

बेपत्ता सुशान्तको खोजीका लागि आफन्त, नेपाल प्रहरी र सशस्त्र प्रहरी जुटेका छन्। दुवैजना खेल्दाखेल्दै सेती नदीमा पुगेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...