नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर र कैलाश मन्त्री बन्दै, आज शपथ ग्रहण

धनगढी- नागरिक उन्मुक्ति पार्टीको तर्फबाट सुदूरपश्चिम सरकारमा सांसद रामेश्वर चौधरी र कैलाश चौधरी मन्त्री हुने भएका छन् । पाँच महिनापछि पूर्णता पाउन लागेको सुदूरपश्चिम सरकारमा नाउपा सहभागी हुन लागेको हो ।

नाउपाबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरी नियुक्त हुने भएका हुन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

नाउपाका संसदीय दलका नेता घनश्याम चौधरीले आफूहरूको तर्फबाट मन्त्री हुनेहरूको आज साँझ ४ बजेट शपथ ग्रहण हुने जानकारी दिए ।यहाँको आन्तरिक मामिला तथा कानुन मन्त्रालय पनि रिक्त रहेको छ ।

गत असार ५ गते नेपाली कांग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको छ ।

सो रिक्त मन्त्रालयको जिम्मेवारी दिन मुख्यमन्त्री कमलबहादुर शाह पार्टीभित्र छलफल थालेका छन् । आजै नाम टुङ्गाएर शपथ ग्रहण गराउने मुख्यमन्त्रीको तयारी छ । नेपाली काँग्रेस स्रोतका अनुसार बैतडीबाट सांसद भएका शिवराज भट्टको नाम चर्चामा रहेको छ ।

 

Loading...