४० मेगावाट क्षमताकाे अपर चमेलियाको उद्घाटन

दार्चुला- दार्चुलाको मार्मा गाउँपालिकामा निर्माण गरिएको ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको विधिवत् रूपमा उद्घाटन गरिएको छ।

Ganyapdhura gau

निजी क्षेत्रको लगानीमा निर्माण सम्पन्न भएको अपर चमेलिया विद्युत् आयोजनाको सफल परीक्षण भएपछि सोमबार उद्घाटन गरिएको हो। गत शुक्रबारबाट परीक्षण गरिएको अपर चमेलियाको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी र मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

मार्मा गाउँपालिका– १ किमगडामा रहेको बाँधबाट ६ किलोमिटर तल वडा नम्बर २ को घट्टेगाडमा रहेको पावरहाउसमा पानी खसालेर परीक्षण सुरु गरिएको थियो। उत्पादित विद्युतलाई शैल्यशिखर नगरपालिका– १ वलाँचस्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

३० महिनामा निर्माण सम्पन्न भएको यो योजनाको कुल लागत ८ अर्ब ५० करोड रहेको छ । ६ हजार एक सय मिटर लामो पेन्सटक पाइपलाइन, तीनवटा टर्वाइन, जेनेरेटर र अन्य प्राविधिक उपकरण परीक्षण सफल भएपछि विद्युत् उत्पादन सुरु गरिएको आयोजनाका प्रबन्ध–निर्देशक सञ्जीव न्यौपानेले बताए।

यसअघि दार्चुलाको बलाँचमा ३० मेगावाट विद्युत् उत्पादन भएको थियो। निजी क्षेत्रको अपि पावर हाउसले दार्चुलाको नौगाड र शैल्यशिखर भएर बग्ने धुलीगडा खोलाबाट दुईवटा जलविद्युत् उत्पादन गरेको थियो। अपर चमेलियाबाहेक सुदूरपश्चिममा अन्य आधादर्जन आयोजना पनि निर्माणको अन्तिम चरणमा रहेका छन्।

यसअघि दार्चुलाको अपिहिमाल गाउँपालिका– ५ मकरीगाडमा १० मेगावटको मकरीगाड हाइड्रोपावर निर्माण सम्पन्न भएको छ। तथ्यांकअनुसार सुदूरपश्चिममा मात्रै १८ हजार एक सय ४९ मेगावट विद्युत् उत्पादन हुने देखिएको छ।

 

Loading...