उर्लियो महाकाली

दार्चुला- शनिबार बिहानैबाट सीमा नदी महाकालीमा पानीको सतह बढेको छ । शुक्रबार रातिको वर्षा र भारतले धौलीगंगा बाँध खोल्दा महाकालीमा पानीको सतह बढेको प्रशासनले जनाएको छ ।

Ganyapdhura gau

जिल्ला प्रशासन कार्यालयका अनुसार बुधबार सूचना प्रकाशित गरी शनिबार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँधका ढोका खुल्ने जनाइएको थियो । भारतीय प्रशासनले सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासलाई जानकारी पठाएको थियो । नदी किनारका बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

धौलीगंगा बाँधको ढोका खोलेपछि ब्यास गाउँपालिका–५ स्थित स्याकु गाउँको मुनिबाट महाकाली नदीमा मिसिने हुनाले त्यहाँदेखि तल लालीसम्मका तटीय बस्तीका स्थानीयमा नदीमा पानी बढ्ने बित्तिकै त्रास छाउने गर्छ ।

बिहानैबाट नदीमा पानीको सतह बढेपछि तटीय भेगमा बसोबास रहेका स्थानीय नदीले कटान गर्ने हुँदा त्रसित भएका छन् । भारतले यो भन्दा पहिले पनि गत आसार २६ गते बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँधका ढोका खोल्दा जिल्लाका नदी किनारका बस्ती नजिक कटान गरेको थियो ।

महाकाली नगरपालिका–१ र दुहु गाउँपालिका–३ को श्रीबगर बस्तीको मुनि कटान भइरहेको स्थानीय बताउँछन् । भारतले वर्षात्‌को समयमा बेला–बेला बाँधका ढोकाहरु खोल्दै आएको छ ।

 

 

Loading...