सामूहिक बलात्कार आरोप लागेका फरार युवक पक्राउ

धनगढी, १ असार- कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोग लागेपछि फरार भएका युवक पक्राउ परेका छन् ।

Dadeldhura hospital

गत जेठ २७ गते वेदकोट नगरपालिका वडा नं. ५ की किशोरीलाई सामूहिक बलात्कार गरेको आरोप लागेका भीमदत्त नगरपालिका वडा नं. ५ का २० वर्षीय सिप्पु खुनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले वेदकोट नगरपालिका वडा नं. ६ को औजाखाली जंगलबाट खुनालाई पक्राउ गरिएको जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको प्रहरी नायब उपरीक्षक थापाले बताए । प्रहरीले सोही मुद्दामा यसअघि वेदकोट नगरपालिका वडा नं. ६ का अन्दाजी २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरेको थियो ।

विक र खुनामिलेर ती किशोरीमाथि स्थानीय नर्सरी जंगलमा उनीहरुसँगै घुम्न गएका बेला जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

Loading...