बैतडीका एक जनाको भारतमा मृत्यु

धनगढी- बैतडीका एक जनाको भारतमा गाडी दुर्घटनामा परेर मृत्यु भएको छ। बैतडीको सिगास गाउँपालिका–४ बिशुनाका देवसिंह धामीका २२ वर्षीय छोरा डम्बरसिंह धामीको भारतको बेंगलोरस्थीत उटकमा गाडी दुर्घटनामा परेर मृत्यु भएको हो।

१२ दिन पहिले मात्रै आफ्नै काकासँग उनी बेंगलोर गएका थिए। डिउटीबाट क्वाटरमा जाने बेला उनलाई बिहीबार बिहान गाडीले ठक्कर दिएको थियो।

Navadurga sun

गाडीको ठक्करबाट गम्भीर घाइते भएका धामीको उपचारको क्रममा मृत्यु भएको आफन्त तिलकसिंह धामीले बताए। उनको घरमा श्रीमती र एक छोरी छन्। घटनाका सम्बन्धमा आवश्यक छानबिन भइरहेको बताइएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...