गैंडाको आक्रमणबाट वृद्धको मृत्यु

चितवन- पूर्वी चितवनमा गैंडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका-६ का ७६ वर्षीय नवराज अधिकारी रहेका छन्।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बिहीबार निगुरो टिप्न मध्यवर्ती सामुदायिक वन गएका अधिकारीलाई गैंडाले आक्रमण गरेको हो।

Navadurga sun

साँझ घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा अधिकारीको शव आज बिहान बाघमारा माध्यवर्ती सामुदायिक वनमा भेटिएको हो। शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...