संविधानको रक्षा गर्नु प्रेस संगठनको जिम्मेवारी हो : योगेश भट्टराई

Dadeldhura hospital

काठमाण्डौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले सञ्चारमाध्यम एवं पत्रकारिता सधैँ लोकतान्त्रिक गणतन्त्र र संविधानका पक्षमा हुनुपर्नेमा जोड दिए । नेकपा निकट प्रेस सङ्गठन नेपालका इञ्चार्ज भट्टराईले हेटौँडामा आयोजित सङ्गठनको दोस्रो प्रादेशिक भेलालाई सोमबार सम्बोधन गर्दै सरकारी सञ्चारमाध्यमले पनि आलोचनात्मक भूमिका निर्वाह गर्न सक्नुपर्ने बताए ।

कार्यक्रममा वागमती प्रदेशसभा सदस्यद्वय क्रमशः मुनु सिग्देल र ओम ग्लानले पत्रकार पूणर् स्वतन्त्र र राज्यप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिएका छन् । प्रेस सङ्गठनका सहइञ्चार्ज ओम शर्मा र सहसंयोजक विष्णु रिजालले मुलुकमा पूणर् प्रेस स्वतन्त्रता आवश्यक रहेको बताए ।

Loading...