बैतडीमा अवैध क्लिनिक सिल, सञ्चालक पक्राउ

बैतडी- बैतडीको सिगास गाउँपालिका –२ स्थित गाँजरी बजारमा अवैध रुपमा सञ्चालन रहेको क्लिनिक सिल गरिएको छ। प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा बिहीबार गरिएको छड्के अनुगमनमा क्रममा गाँजरीमा रहेको जै अनिरुद्र सिगास क्लिनिक सिल गरिएको हो।

क्लिनिक सिल गर्नुका साथै सञ्चालक खेमराज अवस्थीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। अवस्थीले क्लिनिकका साथै मेडिकल पनि सञ्चालन गरेका थिए।

Navadurga sun

छड्के अनुगमनका क्रममा अवस्थीलाई बिरामी जाँचिरहेका अवस्थामा पक्राउ गरिएको र उक्त पसल सिल समेत गरिएको हो। उनले भने, ‘स्वास्थ्यसम्बन्धी कुनै लाइसेन्स नभएका अवस्थीलाई बिरामीहरूलाई स्लाइन चढाइरहेकै अवस्थामा भेटेपछि नियन्त्रणमा लिइएको छ।’

खेमराजले २०७१ सालदेखि हिमालय अवस्थीको नामको पान नम्बर लिएको तर मेडिकल र क्लिनिकका लागि अनुमति नै नलिएर सञ्चालन गरिरहेका थिए।अनुमतीबिना मेडिकल र क्लिनिक सञ्चालन गरिरहेको गुनासो आएपछि अनुगमन गरिएको प्रजिअ पन्थीले बताए।

अवैध रुपमा सञ्चालमा रहेको मेडिकल सिल गरिएको सञ्चालक भनिएका अवस्थीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिने जनाएको छ। बिहीबार प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा गरिएको छड्के अनुगमनमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम बहादुर शाही,स्वास्थ्य कार्यालय बैतडीका प्रमुख यागेशप्रसाद भट्ट लगायतको सहभागिता रहेको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...