तिंकर भन्ज्याङ नाका नखुले चरणबद्ध रूपमा आन्दोलन गर्ने चेतावनी

दार्चुला- तिंकर भन्ज्याङ नाका नखुले चरणबद्ध रूपमा आन्दोलन गर्ने व्यास बासीले चेतावनी दिएका छन् । सोमबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीलाई ज्ञापन पत्र बुझाउँदै व्यास गाउँपालिकाका स्थानीयवासीले अबको एक हप्ता भित्र तिंकर भन्ज्याङ नाका नखुले चरणबद्ध रूपमा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

Ganyapdhura gau

गाउँपालिका अध्यक्ष मंगल सिंह धामी,लगायत पूर्व सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य गेल्बु सिंह बोहरा, नेपाली कांग्रेस जिल्ला कार्य समिति सभापति ललित सिंह बोहरा लगायत ३८ जनाको सहभागितामा प्रमुख जिल्ला अधिकारी किरण जोशीलाई ज्ञापन पत्र बुझाइएको छ ।

Navadurga sun
Godawari sandesh

ज्ञापन पत्र बुझाउँदै उनीहरूले कोभिड १९ को कारणले जिवीको पार्जनको एक मात्र श्रोतको रूपमा रहेको तिंकर भन्ज्याङ नाका बन्द हुँदा व्यास गाउँपालिका वडा —१ का सम्पूर्ण बासिन्दाहरूको जनजीवन नै अस्तव्यस्त रहेको बताएका छन् ।

Dadeldhura hospital

यस्तै दार्चुला सदरमुकाम देखि छाङरु तिंकर सम्मको घोरेटो बाटो ठाउँ ठाउँमा भत्किएपछि सदरमुकाम आवतजावत गर्न भारतको बाटो प्रयोग गर्नु परेकोले भारतीय पक्षले बेला बेला व्यासँबासीहरुलाई अनुमति माग्दा दुख्ख दिने गरेको ज्ञापन पत्रमा भनिएको छ ।

यसका लागि मुख्य गरी सडक र टिंकर नाका खोल्न सम्बन्धित निकायमा प्रशासन मार्फत अनुरोध गरिदिन आग्रह गरेको स्थानीय जहेन्द्र सिंह ऐतवालले जानकारी दिए । आफुहरुले राखेका मागहरू तत्काल सम्बोधन नभए आन्दोलनमा उत्रिने बताएका छन् ।

चीनको ताक्लाकोटमा व्यापार सञ्चालन गर्दै आएका ब्याँसीहरूले चार वर्षदेखि यो क्षेत्रमा व्यापार गर्न नपाएको भन्दै प्रशासनमा आक्रोश पोखेका छन । ६० भन्दा बढी व्यापारी मर्कामा परेको भन्दै गाउँपालिकाले दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीलाई नाका खुलाउन सरकारसँग माग समेत गरेको छ ।

गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले चीनसँग परम्परागत व्यापार गर्दै आएका छाङरु र तिंकरका स्थानीय नाका नखुल्दा समस्यामा परेको बताए । ताक्लाकोटमा अधिकांशको पसल छ । तर, चार वर्षदेखि पसलमा ताला लागेको छ ।

ताला लागेको पसल, कस्तो छ भन्ने पनि थाहा छैन स्थानीय योगेश बोहराले भने । चीनबाट सामान ल्याएर भारत तथा दार्चुलाका विभिन्न ठाउँमा व्यापार हुँदै आएकोमा विगत चार वर्षदेखि ठप्प रहेको छ ।

Loading...