कञ्चनपुरमा बसको ठक्करबाट २ जनाको मृत्यु





कञ्चनपुर- कञ्चनपुरमा बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमा मृत्यु भएको छ । सोमबार साझ ना ६ ख १७६४ नम्बरको बसमा विपरित दिशाबाट गइरहेको म ३ प १४८० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।



मृत्यु हुनेमा मोटरसाइकल चालक भिमदत्त नगरपालिका १४ बस्ने २४ बर्षीय दिनेश दमाइ र मोटरसाइकलमा सवार २० बर्षीय प्रकाश दमाइ रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवत्ता प्रहरी नायब उपरीक्षक अमर थापाले बताए ।


बस र चालक ३० बर्षीय माधव सिंह गडाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।



