दार्चुलामा भीरबाट खसेको ढुङ्गा लागेर महिलाको मृत्यु

दार्चुला- दार्चुलामा भीरबाट खसेको ढुङ्गा लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका–४ होपरीमा भीरबाट खसेको ढुङ्गा लागेर होपरीस्थित कसाडमेलाकी ५० वर्षीया सीतादेवी ठगुन्नाको मृत्यु भएको आफन्तले जनाएका छन्।

मेलामा घाँस काट्ने क्रममा शुक्रवार भीरबाट खसेको ढुङ्गा टाउकोमा लागेर उनको घटनास्थलमै मृत्यु भएको हो।  मृतक सीताका आफन्त दीपकसिंह ठगुन्नाका अनुसार घर नजिकै मेलामा घाँस काटिरहेको अवस्थामा माथिबाट खसेको ढुङ्गा टाउकोमा लागेको थियो ।

Navadurga sun

मृतक सीताका पति, छोरा, बुहारी र नातिनातिना छन् । दार्चुलाका ग्रामीण भेगहरूमा घाँस काट्ने क्रममा भीरबाट लडेर वर्षेनि धेरै मानिसहरूको अकालमै ज्यान जाने गरेको छ ।

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...