भारतीय सडकको विस्फोटले नेपालीको घरहरुमा क्षति

दार्चुला- महाकाली नगरपालिका–५ मसिनीबालुवामा भारतीय सडकमा विस्फोट गराएको ढुंगा उछिटिएर नेपालतर्फका घरहरुमा क्षति गरेको छ । नेपालतिर कुनै सूचना नदिइ शुक्रबार दिउँसोको समयमा भारत पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गतको कालिका ग्रामसभास्थित नयाँ बस्तीमा निर्माण भइरहेको सडकमा विस्फोट गराउँदा त्यहाँबाट उछिटिएको ढुंगाहरुले नेपालका मसिनीबालुवाका स्थानीय तीन घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

दार्चुला प्रहरीका डिएसपी तर्कराज पाण्डेका अनुसार सडक ब्लास्टिङका क्रममा उछिटिएको ढुंगाले नेपालतर्फ महाकाली नगरपालिका–५ मसिनीबलुवाका तीन स्थानीयका घर र गोठमा क्षति पुर्‍याएको हो ।

Navadurga sun

बिहीबार र शुक्रबारको ब्लास्टिङले ढुंगा उछिटिएर स्थानीय नरभान दत्त बडूको ढुंगा९पाट०ले छाएको भान्सा घर, प्वाल परेको र गोठ चर्किएको छ ।

यस्तै, हरकसिंह ठगुन्नाको पाटले छाएको घर र पानी धारोमा प्वाल परेको छ । सोही बस्तीका जगतसिंह ठगुन्नाको जस्तापाताको छाना र मेवाका रुखमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

ब्लास्टिङले स्थानीयका खेतमा साना–ठूला ढुंगा छरिएका छन् । भारतीय पक्षले बिना सूचना ब्लास्टिङ गरेको बुझिएको छ । विस्फोट गराएको ठाउँबाट नेपालतर्फको बस्ती करिब दुई सय मिटरको दुरीमा रहेको छ ।

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...