सुदूरपश्चिम प्रदेशमा थप १२७ जनामा संक्रमण, १३९ जना संक्रमण मुक्त




अत्तरिया, ३१ जेठ- सुदूरपश्चिम प्रदेशमा सोमबार १ सय २७ जना नयाँ कोरोना संक्रमित थपिएका छन । पिसिआर विधिबाट गरिएको परीक्षणमा ६२ र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ६५ गरी १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


सोमबार पिसिआर विधिबाट ३ सय ९८ र एन्टीजेन विधिबाट १ हजार ७७ नमूनाको कोरोना परिक्षण गरिएको थियो । यो सँगै प्रदेशमा दुवै विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमित संख्या ४२ हजार ९ सय १ पुगेको छ । जसमध्ये ३३ हजार २ सय १२ जनाले कोरोना जितेका छन ।



स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा १ सय ३९ जनाले कोरोना जितेका छन । सुदूरपश्चिममा कोरोना संक्रमणबाट सोमबार थप ४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कञ्चनपुरका २ जना, कैलाली र अछामका १/१ जना रहेका छन । यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ५९ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।




