तीन करोड भारतीय रुपैयाँ र १५ किलो सुन सहित नेपाली पक्राउ

टीकापुर- भारतबाट नगद र सुन चोरेर आईरहेका तीनजना नेपाली आज तिकुनीयाँबाट पक्राउ परेका छन्। भारतीय प्रहरीले उनीहरुको साथबाट तीन करोड भारतीय रुपैयाँ र १५ किलो सुन बरामद गरेको बताईएको छ।

Dadeldhura hospital

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–८ कर्मीडाँडाका शंकर साउँद र उनकी श्रीमतीका साथै बर्दियाका एक चौधरी थर भएका व्यक्ति समेत रहेको अपुष्ट खबर प्राप्त भएको छ। उनीहरुले भारतको हरियाणा भन्ने ठाउँबाट चोरी गरेर आएको बताईएको छ।

Navadurga sun
Godawari sandesh

सशस्त्र प्रहरी सिमा सुरक्षा बल खक्रौलाका डिएसपी जंग कुँवरले तिकुनीयाँको बसपार्कबाट नेपाली पक्राउ परेको भन्ने सुन्नमा आएको भएपनि विस्तृत जानकारी प्राप्त नभएको बताए। उनले घटनाका बारेमा भारतीय पक्षसँग सोधपुछ भैरहेको जानकारी दिए।

Loading...