काठमाडौं- राष्ट्रिय सभा सांसद नारायणदत्त मिश्रले समयमा मलको व्यवस्था हुन नसकेको बताएका छन् । मङ्गलबार राष्ट्रिय सभाको बैठकमा बोल्नुहुँदै उनले यस्तो बताएका हुन् ।




सांसद मिश्रले भारतबाट किसानले एक–दुई बोरा मल ल्याउँदा समात्ने तर ट्रकका ट्रक पास हुने मल समातेको भन्ने कुरा नसुनेको भन्दै सरकारप्रति कटाक्ष गरे । उनले अवैधानिक बाटोबाट मल ल्याउनेहरूलाई कारबाही गर्न आग्रह गरे । उनले भने, ‘समयमा मलको पर्याप्त व्यवस्था हुन सकेको छैन ।


भारतबाट एक–दुई बोरा मल ल्याउने किसानको मल समातिएको छ । ट्रकका ट्रक पनि पास हुन्छ भन्छन्, त्यो पक्रेको मलाई थाहा छैन ।’ राष्ट्रिय सभा सांसद मिश्रले कैलालीमा पानी पर्न नसक्दा किसानहरूले रोपाइँ गर्न नसकेकोप्रति सिँचाइको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

