गौरापर्व र दूर्वाष्टमी पर्वसम्बन्धी त्रुटि सच्याउन माग

कञ्चनपुर- पञ्चांग निर्णायक विकास समितिले दुर्वाष्टमी र गौराष्टमी पर्वलाई वास्तविक समयभन्दा अघि राखेको भन्दै भन्दै सारेकारवालाले आपत्ति जनाएका छन्।

Ganyapdhura gau

ज्योतिष पण्डित ताराप्रसाद जोशीले​ पूर्णिमान्त चान्द्रमासको भाद्रशुक्ल अथवा कृष्णपक्षको अष्टमी तिथिलाई मात्र दूर्वाष्टमी मान्नुपर्नेमा यो पटक श्रावण शुक्लपक्षमा राखेको भन्दै उनले आपत्ति जनाएका हुन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

‘भारतको काशीबाट प्रकाशित भएको ऋषिकेश पञ्चांगले पनि यस वर्षको दूर्वाष्टमीको व्रत २०८० भाद्र २१ गतेमा नै गर्ने भनी निर्देश गरेको छ’, उनले भने, तर, ‘समितिको निर्णयअनुसार विसं २०८० भाद्र ७ गते श्रावणशुक्ल अष्टमी तिथिको दिनमा दिएको दूर्वाष्टमी र गौराष्टमी पर्वलाई मान्यता दिएको छ।’

धर्मशास्त्रीय विधान र ज्योतिषीय विज्ञान ग्रन्थसम्मत प्रमाणका आधारमा विश्लेषण गर्दा भदौ २१ गते भाद्रपद कृष्णपक्षको अष्टमी तिथिको दिनमा दूर्वाष्टमी र गौराष्टमी पर्वका लागि सर्वोत्तम मानक र प्रामाणिक दिन भएकाले यसै तिथिमा गौरापर्व मनाउनुपर्ने ज्योतिषार्चाय जोशीको तर्क छ ।

२०३४, २०४२, २०४९, २०५३, २०६१ र २०८० को दूर्वाष्टमी र गौराष्टमी पर्वलाई श्रावण शुक्लपक्षको अष्टमी तिथिमा राखिएको उनको आरोप छ। ‘विसं २०३१, २०५० र २०६९ मा भाद्र महिनामा अधिकमास परेको बेला नेपाल पञ्चांग निर्णायक समितिले अधिकमासको अष्टमीलाई दूर्वाष्टमी भनी उल्लेख गरेको थियो’, उनले भने, ‘भाद्र महिनामा अधिकमास परेमा शुद्ध भाद्रमासको कृष्णाष्टमीलाई सौर श्रावणमासमा मान्नुपर्छ भनी शास्त्रमा उल्लेख भएको पाइन्छ।’

धर्मशास्त्रानुसार तथ्यगत आधारमा दूर्वाष्टमीको निर्णय गरी सांस्कृतिक मूल्यमान्यताको संवर्द्धन र संरक्षणका लागि समितिले कार्य गर्नुपर्ने उनको सुझाव छ।

 

Loading...