कैलालीमा एक युवती मृत फेला

धनगढी- कैलालीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको जोशीपुर गाउँपालिका–५ की २८ वर्षीया निर्मलाकुमारी बम मृत अवस्थामा फेला परेकी हुन्। उनी चुरे गाउँपालिका–४ जाजरीमा सहोदर भिनाजु वीरबहादुर चन्दको घरमा बस्दै आएकी थिएन्।

मानसिक सन्तुलन ठिक नभएकी निर्मला चन्दको घरभित्र मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

Navadurga sun

उनी हिजो ६ बजे कोठाभित्रै मृत फेला परेकी हुन्। निर्मलाको शवलाई पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको प्रहरीले जनाएको छ। मृत्युको कारण भने खुल्न सकेको छैन्।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...