कैलारी गाउँपालिका-४ मा ३ महिने आल्मुनियम फेब्रिकेटर तालिम सम्पन्न

प्रकाश बहादुर बोहरा
अत्तरिया- कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नं.४ मा ३ महिने आल्मुनियम फेव्रिकेटर तालिम आइतबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

व्यवसायिक तथा सीप बिकास तालिम केन्द्र धनगढी कैलालीको आयोजना र कैलारी गाउँपालिका वडा नं.४ को सहकार्यमा तालिम सम्पन्न भएको हो ।

Navadurga sun
Godawari sandesh

उक्त सम्पन्न कार्यक्रम कैलारी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष ठागु राम चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी तालिम केन्द्रका केन्द्र प्रमुख भुवन राज पन्त रहनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी रहनु भएका केन्द्र प्रमुख पन्तले सीपलाई निरन्तरता दिदै जानुपर्ने बताए । तालिमले यायआर्जनको बाटो खोल्न मद्दत गर्ने बताए । आफुले संचालन गर्ने व्यवसाय तर्फ बभादार हुनुपर्ने बताए । प्रमाणपत्रलाई प्रमाणपत्रमा मात्र सिमित नराख्ने बताउँदै कामलाई पनि प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।

Dadeldhura hospital

त्यस्तै कार्यक्रममा प्रशिक्षक धन कुमार चौधरीले आफ्नो अनुभव बताउदै उदाहरण दिएर आफुले धेरै ठाउँमा काम गरेको बताए। ‘आफुसंग सिकेका साथीहरू इन्डीया काम गर्न गए ।’ उनले भने, ‘त्यस लोभमा आफु पनि गए तर दुख पाय त्यसपछि फेरि म आफ्नो यही तालिम फिर्ता आएर त्यही कामलाई प्राथमिकता दिए ।’ उनले भने, ‘त्यसैले यस तालिम निरन्तरता दिनुहोला कामलाई प्राथमिकताका साथ अगाडि बढाउनु होलो ।’

त्यस्तै कार्यक्रममा वडा अध्यक्ष चौधरीले सीप मात्रा सिकेर भएन सिकेका सीपलाई निरन्तरता दिनु पर्ने बताउँदै यस्तो किसिमको सीपलाई निरन्तरता दिदै जानुपर्ने बताए । किकेको सीपलाई तन, मन धन लगाएर गरेमा मात्र तालिमबाट सफलता प्राप्त हुने समेत बताए । सीप विकास तालिम केन्द्रले यस्तो किसिमको तालिम उपलव्ध गराएर सहयोग गरेकोमा धन्यवाद व्यक्त समेत गरेका थिए ।

उक्त समापन कार्यक्रममा तालिम प्राप्त प्रशिक्षार्थी जित बहादुर चौधरीले यो तालिम सिक्ने मौका पाएकोमा खुसी व्यक्त गरे । उनले प्राविधिक शिक्षाले हामीलाई अगाडि बढाउन मदत गरेको छ । हामीहरुलाई यस्तो किसिमको तालिमले अगाडी बढ्ने मौका दिएको समेत बताए ।

त्यस्तै उक्त कार्यक्रमको संचालन वडा सचिव श्रीप्रसाद चौधरीले गरेका थिए ।

Loading...