



बझाङ- बझाङमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर–८ रजाडाकी १७ वर्षीया हिउकला बोहराको भिरबाट लडेर मृत्यु भएको हो।


शुक्रवार बिहान केदारस्युँ गाउँपालिका वडा नम्बर–९ को कुलिवान भन्ने स्थानमा भिरबाट लडेर उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाईएको छ।





