सुनको मुल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो

Dadeldhura hospital

काठमाण्डौ– साताको कारोबारको पहिलो दिन आइताबार सुनको मूल्य घटेको छ । शुक्रवार प्रतितोला ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आइतबार ५ सय रुपैयाँले घटेर प्रतितोला ८८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन प्रतितोलामा ८७ हजार ८५० रुपैयाँमा कारोबार भएको छ ।

यता चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Loading...