धनगढीबाट अबैध सामानसहित चार जना पक्राउ

Dadeldhura hospital

धनगढी- कैलालीबाट अबैध (भन्सार छली) का सामानसहित चार जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उप–महानगरपालिका–१० शिव मन्दिरबाट मंगलबार राति भन्सार छलीका करिब ५४ हजार मुल्य बराबरका हार्डवेयरका सामान प्रहरीले बरामद गरेको हो।

साथै कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का ३० वर्षीय हेमराज अवस्थी सहित चार जना र दुईवटा मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ। भन्सार छलीका सामान र मोटरसाइकलसहित चारै जनालाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय त्रिनगर पठाएको छ।

Navadurga sun
Godawari sandesh
Loading...