कैलालीमा बेहोस भएका युवकको उपचारका क्रममा मृत्यु

कैलाली- कैलालीमा बेहोस भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। जिल्लाको टीकापुर नगरपालिका–५ नुक्लिपुरका १८ वर्षीय शंकर जैसीको बेहोस भएर उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरीले बताएको छ।

कैलाली प्रहरीका अनुसार गाउँमा प्लटिङ गरेको खाली जमिनमा क्रिकेट खेलिरहेको अवस्थामा उनी एक्कासि बेहोस भएका थिए। उनको उपचारकै क्रममा सोमबार साँझ टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...