कैलाली- कैलालीको धनगढीबाट बेवारिसे अवस्थामा पाँच किलो चरेश बरामद गरिएको छ। सशस्त्र प्रहरीले सोमबार साँझ धनगढी उपमहानगरपालिका–१४ एच गाउँमा कपडाले बेरी पोको पारी राखिएको अवस्थामा पाँच किलो चरेश बरामद गरेको हो।



त्यस्तै,सोमबार टीकापुर नगरपालिका–२ अस्नेरीमा टीकापुर नगरपालिका५ का २० वर्षीय विशाल चौधरी र २ नम्बर वडाका १८ वर्षीय लोकेन्द्र चौधरीलाई प्रहरीले एक ग्राम ३ सय ७० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ।


प्रहरीका अनुसार शङ्काको आधारमा उनीहरूको खानतलासी गर्दा ब्राउन सुगर फेला परेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी टोली खटिएर थप अनुसन्धान भईरहेको छ।