कैलालीमा डल्लपसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

कैलाली- कैलालीमा डल्लपसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला घोडाघोडी नगरपालिका–१० स्थित सशस्त्र बेसक्याम्प नजिकै पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको राँगा डल्लपसँग ठोक्किँदा गौरीगंगा नगरपालिका–९ का २१ वर्षीय मोटरसाइकल चालक असीम राजवंशी र सोही ठाउँका २७ वर्षीय बिजेन्द्र चौधरीको मृत्यु भएको हो।

Dadeldhura hospital

राजवंशीले चलाएको से ५ प ७५७८ नं. को मोटरसाइकल डल्लपसँग ठोक्किएको थियो। मोटरसाइकल पछाडि सवार चौधरीको पनि उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Navadurga sun
Godawari sandesh

उक्त डल्लप घोडाघोडी नगरपालिका–१० बस्ने ६० वर्षीय कलेसु चौधरीले चलाइरहेका थिए। सोमवार राती उक्त दुर्घटना भएको थियो।राजवंशीको उपचारको क्रममा घोडाघोडी अस्पताल सुख्खड र चौधरीको पनि सोही राति माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको छ।

Loading...