

दार्चुला- दार्चुलामा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको नौगाड गाउँपालिका–१ रङ रङेका ५२ वर्षीय मानबहादुर बम मृत अवस्थामा फेला परेका हुन् ।



गत ८ गते घरबाट सदरमुकाम खलङ्गा जान भनेर हिँडेका उनी सम्पर्कविहीन थिए। खोज्दै जाने क्रममा हिजो साँझ ६:३० बजे नौगाड–२ खल पुजा धारमा बाटोबाट अन्दाजी ६०/७० मिटर तल खसेर मृत्यु भएको अवस्थामा भेटिएका हुन्।


मृतकका भाई लालबहादुर बमले फेला पारेपछि प्रहरीलाई सम्पर्क गरेका थिए। तत्काल घटनास्थललाई सुरक्षित गरिएको र मंगलवार बिहान प्रहरी निरीक्षक जगत गाहामगरको नेतृत्वमा अनुसन्धान टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
घटनास्थल दल्लेख प्रहरी चौकीबाट २ घण्टा पूर्वमा पर्छ। प्रहरी निरीक्षक मगरको नेतृत्वमा घटनास्थल विशेषज्ञ सहितको अनुसन्धान टोली ५ बजे त्यता हिँडेको हो।