कैलाली र कञ्चनपुरमा माछा र अवैध ब्रोइलर कुखुरा बरामद

कैलाली- कैलाली र कञ्चनपुरमा अवैध ब्रोइलर कुखुरा र माछा बरामद गरिएका छन् । सोमबार दिउँसो प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटमा भारतीय नम्बरका दुई वटा मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा अवैध ब्रोइलर कुखुरा र माछा बरामद गरिएका हुन्।

भारतीय नम्बर प्लेटको युपी ३१ एपी ८६३८ नम्बरको मोटरसाइकलसहित १ सय २० किलो अवैध रूपमा भन्सार छलीका ब्रोइलर कुखुरा बरामद गरिएको प्रहरीले बताएको छ। कुखुरा ल्याइरहेका मोटरसाइकलका चालक भने मोटरसाइकल छोडेर फरार भएका छन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

प्रहरीका अनुसार मोटरसाइकल र ब्रोइलर कुखुरा गरि कूल ६५ हजार मूल्य बराबरका छन्। बरामद बोईलर कुखुरा स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र बासिन्दाको रोहबरमा नष्ट गरिएका छन्।

त्यस्तै सोमबार दिउँसो नै प्रहरीले कैलालीको भजनी नगरपालिका-३ सरदार चोकमा भारतबाट अवैध रूपमा ल्याइएको अन्दाजी २४ हजार रुपैयाँ मूल्य बराबरको ८० किलो बैखा माछा बरामद गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरी टोलीले सो माछा बेवारिसे अवस्थामा फेला पारेको जानकारी दिइएको छ।

Loading...