

धनगढी- कैलालीको धनगढीबाट लागु औषधसहित तीन जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१२ जुगेडा गाउँका ३५ वर्षीय शेरबहादुर भण्डारी र २७ वर्षीय राकेश भट्ट लागु औषधसहित आइतबार पक्राउ परेका हुन् ।



जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थाई प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले भण्डारीले सञ्चालन गरेको दुर्गेश्चरी मासु पसलमा शङ्का लागि चेकजाँच गर्दा एक ग्राम लागु औषध फेला परेको जनाएको छ।


यस्तै आइतबार साँझ धनगढी उपमहानगरपालिका–७ मनेहरा का २५ वर्षीय गोविन्द राना लागु औषधसहित पक्राउ परेका छन्। उनलाई शङ्का लागि चेकजाँच गर्दा १ ग्राम ७ मिलिग्राम लागु औषध भेटिएको प्रहरीले जनाएको छ । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।





