कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

धनगढी- कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका–४ पुरैनतालका मोहन बुचामगरको टिनले छाएको कच्चि भान्सा घरमा बिजुलीको तार सट भई उनको घरमा आएका सोहि पालिकाका ४५ वर्षीय प्रशादे साउदलाई करेन्ट लागेको थियो।

करेन्ट लागि घाईते भएका साउदको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। खबर प्राप्त हुना साथ उक्त स्थानमा ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट प्रहरी टोली खटिइएको छ।शवलाई पोष्टमाटमको लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...