कैलालीमा विद्युतीय धरापमा पर्दा एक चित्तलसहित पाँच गाई मरे

कैलाली- कैलालीमा विद्युतीय धरापमा पर्दा एक चित्तलसहित पाँच वटा गाई मरेको छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ स्थित दैद्धवारीमा विद्युतीय धरापमा एक चित्तल र पाँच गाई परेका हुन्।

Dadeldhura hospital

डिभिजन वन कार्यालय, धनगढीका सूचना अधिकारी डबल बोहराले शनिवार राति वनका कर्मचारीले मरेको चित्तल फेला पारेको जानकारी दिए।

Navadurga sun
Godawari sandesh

नेपाल विद्युत् प्राधिकरणको बिजुली लाइनबाट करेन्ट हुक गरेर जङ्गलमा सिकारीले पासो थापेको बताए। जङ्गली जनावरका लागि थापिएको पासोमा गाईसमेत परेका स्थानीयको भनाई छ। जङ्गलमा विद्युतीय धराप थाप्नेको भने पहिचान खुलेको छैन।

 

Loading...