दुर्घटनामा कर्णाली प्रदेश मामिला समितिका सभापतिसहित नौ जना घाइते

रुकुमपश्चिम- कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का घाइते हुनुभएको छ। शनिबार रुकुमपश्चिमको चौरजहारी नगरपालिका–३ घारीपाखानेर उहाँ चढेको कर्णाली प्रदेश ००१ झ ००४४ नम्वरको जिप दुर्घटना भएको हो।

दुर्घटनामा खड्काको बाँया खुट्टामा चोट लागेको उहाँका स्वकीय सचिव हुकुम बिसीले जानकारी दिए । दुर्घटनामा परेर चौरजहारी नगरपालिका–९ स्थित आधारभूत विद्यालय भुवाटाकुराका प्रधानाध्यापक सुगन्धा मल्ल, खड्काका स्वकीय सचिव हुकुम बिसी, चालक युवराज गिरीसहित गाडीमा सवार नौ जना घाइते भएका छन्। प्रधानाध्यापक मल्लको हात भाँचिएको छ भने अरु सबैको अवस्था सामान्य रहेको छ।

Navadurga sun

आइतबार रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा हुने गाउँ सभामा सहभागी हुन त्यसतर्फ जाने क्रममा गाडी दुर्घटना भएको हो। गाडीको स्टेरिङ अकस्मात घुमेपछि गाडी अनियन्त्रित भएर पल्टिएको चालक गिरीको प्रतिक्रिया छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय चौरजहारीबाट पुगेको प्रहरी टोलीले घाइतेलाई उपचारको लागि चौरजहारी अस्पतालतर्फ पठाएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...