कैलालीमा सामुदायिक वन भित्र एक जना मृत फेला

कैलाली- कैलालीको सामुदायिक वनमा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ४ का ५२ वर्षीय भिगुराम चौधरी पूर्णिमा सामुदायिक वनमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

Dadeldhura hospital

शुक्रवार बिहान दाउरा काट्न भनी भिगुरामसहित चार जना लम्कीचुहास्थीत पूर्णिमा सामुदायिक वनमा गएका थिए। उनीसहित ४० वर्षीय रामदयाल थारु, ४० वर्षीय भागीराम थारु, ५५ वर्षीय केशबहादुर थारुसहित चार जना दाउरा काट्न पूर्णिमा सामुदायिक वनमा गएका थिए।

Navadurga sun
Godawari sandesh

तर भिगुराम चौधरी घर नफर्किएपछि परिवारले प्रहरी टोलीलाई खबर गरेका थिए। प्रहरीलाई खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले भिगुरामलाई पूर्णिमा सामुदायिक वनमा मृत अवस्थामा शनिवार फेला पारेको हो। सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले बताएको छ।

Loading...