


दार्चुला- दार्चुलामा एक पुरुषको शव बेवारिसे अवस्थामा शव फेला परेको छ। जिल्लाको ब्याँस गाउँपालिका–२ पतङ्गाड खोलामा करिब ४०÷४५ वर्षीय एक पुरुषको शव बेवारिसे अवस्थमा फेला परेको हो।


बेवारिसे शवबारे ब्याँस गाउँपालिका–३ का वडाध्यक्ष उपेन्द्रसिंह धामीले प्रहरीलाई जानकारी गराएका थिए। अहिले प्रहरी चौकी सुनसेराबाट प्रहरी टोली घटनास्थल पुगेको छ। थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय हुतीबाट प्रहरी टोली खटिएको छ।



