दार्चुलाको मालिकार्जुन मावि बन्याे देशकै उत्कृष्ट विद्यालय

दार्चुला- दार्चुलाको महाकाली नगरपालिका–७ धापस्थित मालिकार्जुन नमुना मावि धाप देशकै उत्कृष्ट विद्यालय बनेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सार्वजनिक गरेको नतिजा अनुसार मालिकार्जुन मावि धाप एक नम्बरमा पर्न सफल भएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

मालिकार्जुन नमुना मावि धापले व्यवस्थापकीय तथा शैक्षिक कार्यमा राम्रो काम गरेकाले उत्कृष्ट विद्यालयमा परेको प्रधानाध्यापक सुन्दरसिंह बुढाथोकीले बताए । शैक्षिक समीक्षा, कार्यालयको कार्यसम्पादन परीक्षणबाट मावि देशकै उत्कृष्ट विद्यालय घोषणा भएको उनले बताए ।

Navadurga sun
Godawari sandesh

मावि धापमा साधारण र प्राविधिक दुवै धारतर्फ पठनपाठन हुँदै आएको छ । अझै भौतिक व्यवस्थापनदेखि लिएर सबै कुरा हुन बाँकी छ । धेरै काम आफै नेतृत्वमा रहुन्जेल गरिसक्ने उनको भनाइ छ ।

Couple
Loading...