काठमाडौं- पूर्व बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। बिहीबार बालाजुस्थित रास्वपाको नयाँ केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा शाह रास्वपा प्रवेश गरेका हुन्।



रास्वपाका सभापति रवि लामिछानेले शाहलाई रास्वपाको लोगो लगाएर पार्टीमा स्वागत गरेको केन्द्रीय सदस्य दीपक बोहोराले जानकारी दिए। बिहीबार नै शाहले रास्वपाको सदस्यता लिएका छन्। शाहलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको एक नेताले जानकारी दिए।


शाहले २०७९ मा भएको प्रतिनिधिसभा र प्रदेसभा निर्वाचनको पूर्वसन्ध्यामा एमालेको घोषणापत्र कार्यक्रममा सहभागी भएका थिए। उक्त समारोहमा अध्यक्ष केपी ओलीसँग अन्तरवार्ता लिएपछि धेरैले शाह एमालेतिरै लागेको अनुमान गरेका थिए।