


धनगढी- मंगलबार सडक दुर्घटनामा परी निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरलाई अन्त्यष्टीका लागी बझाङ लगिएको छ । बुधबार बिहान धनगढीको रंगशालामा श्रद्धाञ्जलीका लागी राखेर नेपाली सेनाको हेलिकप्टर मार्फत अन्त्यष्टीका लागि मन्त्री सिंहको गृह जिल्ला बझाङ लगीएको हो।


मन्त्री नियुक्त भएको पहिलो पटक गृह जिल्ला बझाङ जाने क्रममा सिंह सवार सु.प.प्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा नजिकै दुर्घटना भएको थियो । दुर्घटना लगत्तै उपचारका लागि कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेज पु¥याइएका सिंहलाई अस्पतालले मृत घोषणा गरेको थियो ।



