मन्त्री सिंहलाई धनगढीमा दिइयो अन्तिम श्रद्धाञ्जलि

कैलाली- दुर्घटनामा परि निधन भएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय झण्डा ओडाएर श्रद्धाञ्जलि दिएका छ्न् ।

Dadeldhura hospital

मुख्यमन्त्रीसँगै प्रदेशका मन्त्री, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललगायत सयौंको संख्यामा उपस्थित स्थानीय तथा आफन्तहरुले श्रद्धाञ्जलि अर्पण गरे । श्रद्धाञ्जलि अर्पण गर्दै मुख्यमन्त्री शाहले मन्त्री सिंहको मृत्युले प्रदेशले एक कुशल व्यक्ति र सरकारले एक असल मन्त्री गुमाउनु परेको भन्दै दुख व्यक्त गरे ।

Navadurga sun
Godawari sandesh

बुधबार (आज) बिहान धनगढीस्थित रंगशालामा सिंहको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिइसके पश्चात् उनको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि हेलिकोप्टरमार्फत बझाङ लागिने सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ ।

मंगलबार धनगढीबाट डडेल्धुरा जाँदै गरेको मन्त्री सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुरा बाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको १ धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खस्दा गाडीमा सवार मन्त्री सिंह, श्रीमती अमृता सिंह, भाउजू जयादेवी सिंहको मृत्यु भएको थियो ।

Loading...